9,363 views
4 votes
4 votes
आआफ्ना धर्मका आदर्शहरू के के हुन्​

User Sarthak Mishra
by
2.4k points

1 Answer

14 votes
14 votes

Answer:

1. हिन्दू धर्म थाहा भएसम्म सबैभन्दा पूरानो धर्म हो जसका कारण यसलाई सनातन धर्म पनि भनिँदै आएको छ । यसको उत्पति १० हजार वर्षअघि भएको थियो भने यसका साहित्यिक कृतिहरुलाई इसा पूर्व ७ हजारभन्दा अघि रचिएको मानिन्छ ।

२. हिन्दू धर्मलाई इसाई धर्म र मुस्लिम धर्मपछिको सबैभन्दा ठूलो धर्म मानिन्छ । विश्वभरि १४ प्रतिशत मानिसहरु हिन्दू धर्मावलम्बी रहेका छन् ।

३. योगा, प्रणायाम, ज्योतिषशास्त्र, अंकशास्त्र, हस्तरेखा विज्ञान तथा वास्तुशास्त्र जस्ता विज्ञान तथा शास्त्रहरु हिन्दू संस्कृति तथा जीवनपद्धतिबाट उत्पति भएका हुन् ।

४. संसारको सबैभन्दा ठूलो मन्दिर भारतमा होइन, कम्बोडियाको अंगकोरमा पर्दछ ।

५. नेपालको उत्पति हिन्दू ऋषि ने मुनीले गरेका हुन् भन्ने मिथ्य रहेको छ ।

६. हिन्दू धर्ममा, महिला र पुरुष दुवैलाई समान मानिन्छ । महिलालाई पनि भगवतीको रुपमा पूजा गर्ने चलन हुन्छ, जुन यस धर्मको मुख्य विशेषता पनि हो ।

७. हिन्दू धर्ममा आधारित मन्दिरहरुको वास्तुकला आकर्षक सज्जावट मात्र होइनन्, ऊर्जाको केन्द्र पनि हुन् र विशेष वैज्ञानिक महत्व राख्दछन् भन्ने कुरा प्रमाणित भइसकेको छ । मन्दिर निर्माणमा प्रयोग हुने फलामदेखि निर्माणको ढाँचासम्मले पनि सकारात्मक ऊर्जा संचारित गर्दछ भन्ने कुरा प्रमाणित भइसकेको छ ।

८. आदर्श हिन्दू धर्मको चार मुख्य उद्देश्यहरु धर्म, अर्थ, कर्म तथा मोक्ष हुन् ।

९. “कर्म” शब्द राम्रो वा नराम्रो काम भन्ने अर्थ बुझाउने हिन्दू अवधारणाबाट आएको शब्द हो ।

१०. बौद्ध धर्मको उद्भव हिन्दू धर्मबाटै भएको मान्ने गरिन्छ । हिन्दू धर्मको विकल्पको रुपमा बौद्ध धर्मको सुरुवात भएको हो भन्ने मान्नेहरु पनि छन् । बौद्ध धर्म भारतबाट प्रचारित हुँदै एसियाभर पुगेको थियो ।

User Dustin Cowles
by
3.0k points